[Show all top banners]

AdjunctProf
Replies to this thread:

More by AdjunctProf
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 छ्बे मामाको बन्नितोड़
[VIEWED 6422 TIMES]
SAVE! for ease of future access.
Posted on 06-13-14 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

छबे मामाले भन्दै जांदा अलि रोकिएर सोचे जस्तो गर्नुभो, अनि भन्नुभो, “यो कागको बुद्धिको पनि कुरा गरी साद्धे छैन, मान्छे भन्दा त कता हो कता तेजिलो !”

नन्दलाल हजुरबाका दुइवोटा छोराको मलाइ सम्झना छ - छ्बे मामा कान्छा छोरा हुन् | जेठा छोरा श्यामे मामाले साइकल दोकान गर्थे, तिन ताका छ्बे मामा १८/२० बर्षका हुँदा हुन् |

छ्बे मामा हिसाबमा छुरा थिए | एस एल सी एकै चोटीमा पास गरेका हुन् | कुनै कठिनाई वा भनसुन बिना नै उनले मास्टर सास्टर को जागिर पाउन सक्थे | छबे मामाका दौंतरी हाम्रा गाम्ले सपै एस एल सी मा फेल हुन्थे, वा ४-५ चोटी सम्म दिइ राखेका हुन्थे | नन्दलाल हजुरबा गामका गन्यमान्य भएपनि आर्थिक अबस्था ठिकै थियो |

त्यो जमानामा केहि कुरा बुझ्न पर्यो भने की त बा आमालाई सोध्नु पर्थ्यो, की त स्कुलका सर – मेडम् लाइ | सुचना अहिले जस्तो सर्वसुलभ थिएन | हिसाबमा छुरा भएकाले छ्बे मामा हाम्रा लागि चल्ता-फिर्ता इन्साइक्लोपिडिया थिए | उनको ज्ञानगुनको महिमा अलि पर सम्मै फैलिएको थियो | अहिले सम्झंदा लाग्छ, बिच बिचमा हावादारी गफ पनि घुसाउँदा रहेछन, तर तेसताका उनका कुरा शत प्रतिशत पत्याउथियौं |

हामे पिपलको बोट मुनि बसेर छ्बे मामाको ज्ञान सुन्दै थेम, छ्बेमामा भने कथा भन्दै गर्दा रुख माथिको हाँगामा रहेको कागको गुण तिर घरी घरी हेरे जस्तो गर्नुहुन्थ्यो | त्यहाँ कागको गुण छ छैन त हाम्लाई पक्कासंग थाहा थिएन, तर छ्बेमामाले भनेको कुरामा भने पूरा विश्वास थियो |

“हुन त कोइलीले आँफुलाई काग भन्दा पनि बाठो भन्ठान्छ, तर बुद्धिमा त काग नै अगाडी हो", छ्बे मामाले दुइ चार साल काग अनुसन्धानमै बिताए जस्तो गरि भने | हामिहरुको उत्सुकता झन बढ्यो | हैन यौ छ्बे मामालाइ हिसाब त आयो आयो, काग, कोइली सबको बारे उत्तिकै आउने बा! तिनताका ‘ज्ञान हुने‘ लाइ ‘आउने’ भन्थेम् हामीहरु | छ्बे मामाको यो विधाको ज्ञानको जानकारी हामीलाई यस अघि सम्म थिएन |

छ्बे मामा भन्दै गए, “जब पोथी कोइलीले आफ्नो फुल सर्पले खान्छ भन्ने थाहा पाउँछे, उसले त्यसलाई कगिनीको गुणमा सुटुक्क लगेर राखी दिन्छे| चल्ला मा कोइली र काग उस्तै देखिन्छन, तेसो भएर कगीनिले आफ्नै चल्ला होला भनेर कागको चल्ला हुर्काउछ |”

काग कोइली सबको चल्ला हुर्काउने कुरा सम्म पनि थाहा पाउन सकेको बा ! कथा हामी सुन्दै पनि थिएम, छ्बे मामा बाट अझ बढी प्रभावित पनि हुँदै हाम्रो क्रम बढ्दो थियो | हाम्लाई अब छ्बे मामाको पंखा नै भंदिम न्, तेस्ता थिएम |

“केटा हो, येही बेलाको मौका पारि त्यो चल्लाको खुट्टामा हाम्ले यो तारले बाँधि दिन पर्छ” छ्बे मामाले खल्ती बाट यौटा बिजुलीको तार सर्कसको चटकीले निकाले जस्तो गरी निकालेर देखाउनुभयो | छ्बे मामाको घर भन्दा अल्ली पश्चिम तिर रामनाथ काका को घर थियो, उनका छोरा सोमनाथ दाईले एस एल सी तिन चोटी फेल भएसी बिद्द्युत विभागमा जागीर खान थालेका थिए | बिद्द्युत प्राधिकरण त नया नाम हो, पहिले त बिद्द्युत बिभाग भन्थे | उनले इस्कुल डाइभर, पेच कस, तार आदि लिएर हिडी राख्थे, उनै सग छ्बेमामाले सापट लिएका होलान त्यो तार |

“अब काग-कगिनीले यो तार त काट्न सक्नी कुरो त आएन, तेसो भएर के गर्छ होला तिमीहरुलाई थाहा छ केटा हो?” एसो भन्दै गर्दा छ्बे मामाले त्यो बिजुलीको तार तन्याक-तुनुक पारेर झट्कालेका पनि थिए | छुन नपाए पनि हामीले परै बाट त्यो तारको मजबुतीको आकलन गरेम | जे होस्, हाम्रो उत्सुकता चरम बिन्दुमा पुगेको थियो |

“कन्ने इस्कुल को उत्तरको केनेडी पक्लाहाको गुफा तिमिहरुले देख्या छौ?” प्रश्न त छ्बे मामाले सोधेका हुन्, तर तेस्को जवाफ को बाल मतलब गरेनन | तिन ताका केनेडी बौलाहा पोखरा तिर प्रख्यात थिए | घर घर माग्दै हिड्ने, अंग्रेजी भने पररर बोल्ने | शीत युद्धको जमाना थियो, लालबुझक्कडहरूले उनलाई सी-आइ-ए को सी-आइ-डी हो भन्थे | हाम्ले ‘बौलाहा’ भन्ने शब्द किताबमा पढेको त हो, बोलीचालीको शब्द ‘पक्लाहा’ नै थियो | कन्या इस्कुल्को उत्तर तिरको गुफामा केनेडी पक्लाहा बस्थे भन्ने कुरा प्रजातन्त्र दिवसको जुलुसमा त्यो बाटो आउँदा जांदा हाम्ले थाहा पाई सक्या थेम|

“त्यो गुफाको उत्तर तिर सेतीको किनारमा धेरै जडीबुटीका बिरुवा हुर्क्या हुन्छन, त्यहीं यौटा मान्छेले चिन्नै नसक्ने खालको बूटी हुन्छ | त्यो बूटीको नाम ‘बन्नीतोड’ हो |” केनेडी पक्लाहाको गुफाको उत्तरतिरको जडिबुटी बगैंचा पनि हामीले देखेकै हो | हाम्रो दिमागमा अहिले त्यै बगैंचा नाची रहेको थियो |

“‘बन्नितोड़’ यस्तो बूटी हो की यसले छुना साथ जस्तो सुकै बन्धन, ताल्चा, साँचो सब तत्काल भस्म हुन्छ | रास्ट्र बेंक, झ्यालखान, सेनिमा हल, जे सुकेका ताल्चा हुन्, सब तत्काल भस्म !” त्यो बूटी पाए त राष्ट्र बेंकको केहि नगद हात पार्न सकिन्थ्यो की, हामी कल्पना मा नाचेम|

'आजको मध्ये रातमा आँफुले चल्लाको खुट्टा यो तारले बांधी दिने अनि, कगीनिले तेही बन्नितोड़को सहाराले भोलिपल्ट चल्ला बाँधेको तार छिनाल्ने, अनि आँफु यो पिपलको रूख चढेर त्यो बूटी हत्याउने' भनेर छ्बे मामाले कथा टुंग्याउनुभयो |

बन्नितोड़ छ्बे मामाले हात लगाए लगाएनन थाहा पाइएन, तर दुइ दशक पछी आज थाहा पाएँ, छ्बे मामा दुर्घटना मा परेर बितेछन | दुर्घटनामा परेर परलोक भएपछी माइजु पनि जवानीका आफ्ना बाँकी जिबन बिताउन आफ्नो बाटो लागिन रे | एउटी छोरी थिइन, गामका गन्यमान्यले पालन-पोषण, शिक्षा-दिक्षा को जिम्मा लिएका थिए रे | छ्बे मामाको आत्माले शान्ति पाओस, अस्तु |

 
Posted on 06-13-14 7:40 AM     [Snapshot: 13]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा राम्रो लाग्यो anjuntprof जी, छबे मामा त बडो चतुर हुनु हुदो रहेछ बाई / कथाको बिषयबस्तु सुन्दा त यहाँलै पुरानो जमानाको धेरै कुराहरु थाहा भएको जस्तो लाग्यो / अरु पनि त्येस्त कुरा हरु छन् भने हामीसंग बाड्नु होला /
 
Posted on 06-13-14 8:32 AM     [Snapshot: 63]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस एल सी एकै चोटीमा पास गरेका हुन् ....... nice work.. aaja SLC results out bho bhanthe...jamma 44% (rounded) pass bho re and 110 distinction (over 80%)... kasto ho yo SLC. I have been a strong critic of Nepali education system... Why the fuck you would fail a student at grade 10?? Stupid mfckeers!!! kasto questions haru hola ....jamma less than  44% pass hune.... Nepal ko education System is worsening day - by - day; it's not because of students but its the fcking System...
aba kati jaana suicide garne ho, kati jana depress hune ho, kati jana Bombay bhada maajna jaane ani kati jaana Malaysia & Dubai jaane... god damn mthfckers...... bro ko story ramro cha btw.
Last edited: 13-Jun-14 08:38 AM

 
Posted on 06-14-14 6:46 AM     [Snapshot: 268]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Karnali blues and Ruben123 -- Thank you for the encouragement and suppot!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters