[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 निर्मोही लहरी by लहरे

[Please view other pages to see the rest of the postings. Total posts: 91]
PAGE:   1 2 3 4 5 NEXT PAGE
[VIEWED 141300 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 09-09-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस कथा का घटना तथा पात्र  हरु काल्पनीक होइनन्, कसैको वास्तविक जीवन सँग मिल्न गएमा कथाकार आफु मात्र एक्लो नभै अरु पनि रैछ भनेर दंग पर्ने छ।  

एक जना नखर्माउली छ शिकागोमा - अस्ती फोन गरी है - के भन्छ भनेको त उस्को समर बिग्र्यो रे टिउसन तिर्ने पैसो छैन रे  - के गर्ने रे - मैले पनि क्रेडिट कार्ड स्वाप गर्ने अरु के गर्ने नि भन्दे है। त्यस्पछी अर्को दिन फोन गरेर वीकेन्द मा उस्को प्लान छ मलाई आउनु पर्दैन रे - बाल मतलब मलाई पनि ठिकै भयो भनेर बसे, नत्र कम पैसो खर्च हुन्थ्यो - पैसो बच्यो भनेर बस्यो दिनभरी सुतियो -- कान पनि हल्का भएको छ नत्र ट्यार ट्यार र टुर टुर गरेर एकछिन बस्न दिदैन्थ्यो।

अब समर कसरी बिग्र्यो भन्लाउ - ल सुन
वीकेन्द काम नगर्ने - बिहान १० देखी राती ६-७ बजे सम्म मात्र काम गर्ने त्यस्पछी दिन्दिनै कहिले के कहिले के, नाच्न पनि उलाई नै पर्ने, घुम्न नि उलाई पर्ने, किन्न नि उलाई पर्ने, महँगो ठाउँ मा उलाई नै खानु पर्ने अनी कार्ड चाँही मेरो घोट्ने - बाबा नसकिने
अस्ती मेरो ठाउँमा  आयो घुम्न - रमाइलो लागेन रे - एस्तो ठाउँ पनि ठाउँ रे, मन परेन रे - मलाई नै आउ रे शिकागो। आफ्नो पैसा खर्च गरेर आएपछी कहाँ हुन्छ त रमाइलो - भन्न लाथे घाँटि सम्म आकोथ्यो - निल्दीएँ

अनी अस्ती ANA गाको नि थाहै नदीकन, साझा मा फोटो देखेर बबाल। त्यो सानचा लाई नि किन फोटो राख्नु परेको होला। अनी त घुम्नु पर्‍यो रे उलाई पनि - अप्सन दिएको मलाई
१ न्यू योर्क
२ वेष्ट कोस्ट
३ फ्लोरिडा
एस्तो नि अप्सन हुन्छ।
बहुला कुकुर ले टोक्या छ र, आफु मरी मरी काम गरेर पैसा कमाउने, उ चाँही यो चाहियो त्यो चाहियो भन्ने। विन्टर मा जाउला वेष्ट कोस्ट भनेर फकाको छु। अहिले देखी नै प्लान सुरु भैसक्यो, अब विन्टर मा नयाँ बाहाना खोज्नु पर्ला। अहिले त ठुस्क्या छ जती ठुस्के नि ठुस्कोस्। किन ठुस्किन मन लाको होला है त्यो नखर्माउलीलाई।

कसरी ठुस्किन्छ भन्ने बारेमा लेखुँ है।


ठुस्किन्छ कसरी भन्दा पनि कसरी लोप पर्‍यो भेट कसरी भो भनेर भनौ न पहिला।

त्यो मोरी शिकागोमा पढ्छ undergrad क्या त्यही। एही सालको मे तिर जाडो सकेर घुम्नु पर्‍यो भनेर शिकागो गएँ। ठाउँ त रमाइलो थियो। घुमघाम गरेर बलिङ खेल्न गैयो। त्यही ठाउँ मा एक हुल भनु कि बथान केटी हरु - अप्सरा भनुन खेलिराथी, खेल्न त्यती नआउने JPT खेल्दैथ्यो, खेल्ने भन्दा नि हाँस्ने धेरै, आफु पनि साथीहरु सँग खेल्न शुरु गेरे। आफुत खेल्न मग्न तर पनि कहिले काही नजर उठाएर हेरिथ्यो। एक जना मेरो साथी ले मलाई खुसुक्क त्यो एक जना केटी ले अघिदेखी मलाई हेरिराकोछ भनेर भन्यो। नाक फुलेर कस्तो मेरो - दंग भएँ अनी यसो हेरेको त मुसुक्क पो हाँस्दो रैछ। हंग्सले झन्डै ठाउँ छोडेको मेरो। राम्री त ब'बाल राम्री नि, सलक्क परेको जिउ, हाइट पनि ठिकै थियो, आँखा को त कुरै नगरु - त्यही आँखा मा डुब्ने रहर जाग्यो - साथ साथै सविन राइको गीत पनि याद आयो।

कोमल तिम्रो त्यो बदन मा
ढल्न मन लाग्यो
एकछिन लाई सारा भुलेर
हराउन मलाई इच्छा जाग्यो

एकछिन पछी म मेरो अडर रेडी भएको लिन गएँ। पैसा बुझाउन्दै थिएँ, मेरो नजिकै आएर उभी अनी हाइ आइ एम ----- भनेर भनी मैले पनि आइ एम सेरिअल भनेर भने। कस्तो मिठो बोली - कानमा ध्वनी बज्यो मेरो। एकछिन पछी हाम्रो साथीहरु सँग उस्को साथीहरु को बिच पनि कुरा कानी भयो - यानी चिनाजान भयो।

अब मलाई खेल्न मन लागेको थिएन, साथीहरु लाई तिमीहरु खेलिराख भनेर म अली पर पट्टी रहेको सोफामा गएर बसे। उस्लाई मौका मिलिहाल्यो, भन्नै परेर आएर बसी। के भो किन नखलेको भनेर सोधी - एसरी शुरु भएको गफ एकैछिन्मा कहाँ पुग्यो कहाँ पुग्यो। मस्किदै मेरो बारेमा सोध्न थाले - मैले  पनि भन्दै गएँ। उस्ले नि आफ्नो बारेमा भनी। उस्ले भनेको एउटा कुरा अहिले पनि मलाई याद छ,  I am a simple girl with simple thinking  रे धेरै हाइ फाइ मान्छे हरु मन पर्दैन रे, रिस पनि चाडै उठ्दैन रे अनी एकदमै सोसिएलाइज हुन सक्ने मान्छे रे अनी मान्छे ठुस्स परेको त मनै पर्दैन रे। मक्ख पर्दै सुन्दै गएँ। आफुलाई के था जाल बुन्दै छ भनेर फसिदै गयो लहरे। मेरो हरेक कुरा मा उ हाँस्थी, मन चाँही आनन्द थियो मेरो। त्यो दिन उसँग एक घण्टा जती कुरा गर्‍यो होला। पत्तै पाएन टाईम गएको।
जाने टाईम भयो, मलाई पनि फर्किनु थियो म्याडिसन, जाने बेलामा हग गरी मोरिले - दिल बागबाग भयो अनी त्यही बेला मेरो पाइन्ट को खल्ती मा केही हाल्द्यो  । जादै गर्दा फर्केर हेरी अनी मुसुक्क हाँसी। मैले खल्टी बाट तो चिज निकाले - काचकुच परेको कागज रैछ, खोलेर हेरे
मैले जे सोचे त्यही थियो फोन नम्बर दिएर गइ मोरिले अनी सँगै लेखेको थियो कल मी।

 

 घर पुग्दा १२:३० भैसकेछ। फोन गरौ त जसो लागेको थियो तर गरिन, मनमा कुर खेलाई खेलाई सुते। बिहान उठ्दा ८:०० बजिसकेछ, सोमबार थियो काम त जानै पर्‍यो, गएँ तर काम गर्ने फिटिकै मन थिएन, चौतारीमा पनि गैन त्यस्दिन। जीवनको सबैभन्दा लामो दिन त्यै दिन जस्तो लाग्यो। बल्ल बल्ल ५ बज्यो, ५ बजेर के गर्नु, हाकिम गएको थिएन, उ नगए सम्म आफु पनि जान मिलेन, कुर्नै पर्‍यो, ५:२० तिर बल्ल उठेर गयो, अनी आफु पनि लागे घर तिर। घर गएँ, एक्लो ज्यान खाना पकाउनै पर्‍यो, मेल सेल चेक गरे - एसो त्यसो गर्दा गर्दै ९ बजिसकेछ। फोन गर्न त मन थियो तर गरिन, खाना खाएँ। जे पर्ला पर्ला भनेर फोन लगाएँ, हेल्लो आवाज आयो उताबाट, मैले परिचय दिएँ - अनी त हिजो किन फोन नगरेको रे, उ कुरिराकी रे फोन आउछ भनेर भन्न थाली। के भनौ के भनौ भयो, तर
बहाना त बनाउ नै पर्‍यो - अनी ड्राइव गर्नु परेको ले धेरै थाकेको अनी पुग्ना साथइ सुतेको भनेर भने। सोमबार मे को तेस्रो हप्ता बाट हाम्रो फोन मा कुरा कानी शुरु भयो अनी त्यस्पछी दिनहुँ जसो कुरा हुन थाल्यो। यसरी शुरु भयो हाम्रो मिलन यात्रा।
      जुन को तेस्रो हप्ता हाम्रो एक महिने आनिवोर्सरी मा फेरी म शिकागो पुगे। त्यो बेला चाँही एक्लाई गएँ, साथीहरुलाई लिएर जाने त चान्स नै भएन नि। पहिलो डेट थियो मेरो र उस्को, घुम्घाम गर्‍यो, त्यो दिन त शिकागो त झनै राम्रो लाग्यो, राती गएर क्यान्डल लाईट डिनर पनि खैयो, मोरी त आज अझ बढी राम्री देखिन्थी, पहिलो पटक मेरो क्रेडिट कार्ड घोटियो। त्यो दिन त खुशी खुशी साथ घोटियो, के थाहा त अब देखी मैले नै हरेक पल्ट मैले नै घोट्नु पर्छ भनेर। त्यस्प्छी कती पल्ट घोटियो भन्ने लेखाजोखा नै छैन। पहिलो महिना सम्म त यो किनिदेउ है भन्दै मस्किन्थी, म पनि के कम भुटुक्कै हुन्थ्यो अनी जे भन्यो त्यही। तर मेन प्रब्लेम त अहिले पो छ त। अहिले त सोध्दा पनि सोध्दिन, खुरु खुरु सामान उठाउठी अनी काउटर मा सामान बुझाएर - ही विल पे भनेर देखाउछ अनी खुरुखुरु घोटिन्छ क्रेडिट कार्ड। अनी बिल नि द ब्याग। कहिलै मेरो हातमा बिल परेन। के किन्यो, कती कतिको किनियो थाहा छैन, बस जम्मा कतिको किनियो त्यो थाहा छ।
     एक दिन चाँही हेर्नै पर्‍यो भनेर उ रेस्ट रूम गएको मौका पारी बिल निकालेर हेरे, सामानको पैसा देखे - ब्लूड प्रेसर पैताला मुनी बाट टाउको सम्म पुग्यो...............................    
       

.....सामानको पैसा देखे - ब्लड प्रेसर पैताला मुनी बाट टाउको सम्म पुग्यो।
एउटा लिप स्टिक को $३३ रे, के छ एस्मा भनेर हेरेँ, साधारण लिप स्टिक नै रैछ, तर नाम चाँही लान्कम रे, - यो हेरे पछी अरु हेर्नै परेन। बिल त्यही छोडि बाहिर निस्के अनी कहिले बाहिर निस्किन्छ भनेर कुरेर बसें। हनी भन्दै उ बाहिर निस्की - अँ भन्नै बिर्सेंको, मलाई उ हनी भनेर बोलाउँछ, यानी म चाँही उस्को हनी, अब हुन पनि हो नि, माहुरी  जस्तै मरिमरी कामगर्ने म, मह काट्ने चाँही उ भएपछी, म भएन त उस्को हनी।

मैले समानको बिल मागें। बिल के बिल भनेर काखै मा बसी अनी भन त किन चहियो बिल बाबा तिमीलाई बिल भनेर जिस्किन थाली। यती मात्र के भनेको थियो, माथा तातेको ११० डिग्री बाट झरेर खर्ल्याम खुर्लुम ९९ डिग्री मा पुग्यो, तर यो पटक आफुलाई सम्मालेर १०२ डिग्री सम्म पुर्याएँ तर जती गरे  पनि ११० पुगेन। उ कुरालाई अर्कै तिर मोड्न प्रयास्रत थियो, र हरेक पल्ट बिफल हुँदै थियो, केही नलागे पछी जुरुक्क उठेर कोठामा गै, अनी समान र बिल सहितको पोका मेरो अगाडि फ्याँकिदियो अनी शुरु भयो डाइलग बाजी जाबो एस्तो सामान किनिदिएर के के न गरिदीएँ भनेर सोचेको होला रे, चाहिया छैन रे कसैले किनिदिन, उ आँफै किन्न सक्छ रे - यस बिच उसले मलाई हनी भनेर एकचोटी पनि भनिन - र अन्त्यमासामान सबै रिटर्न गरिदेउ भनेर आफ्नो कोठामा गै अनी ढ्याआमssssss - यो चाँही ढोका लागेको आवाज।

म पनि के काम, आखिर उस्कै प्रेमी न ठहरीएँ, गएर फिर्ता गरिदीएँ सामान सबै, अनी फर्केर फिलिम हेर्न थालें। मैसाब अझै कोठामै रैछ। म पनि बाल मतलब भनेर फिलिम हेर्न मग्न। १ बजे पछी  भोक लाग्न थाल्यो। फ्रिज खोलेर हेरें केही छैन रैछ, अन्डा थियो पकाउन मन लागेन, जुस लिएर पिएँ। एकछिन पछी महारानीको सवारि भयो कोठाबाट किचन तर्फ, पकाउन लग्या रैछ, अरु केही त थिएन अन्डै होला, हो रैछ अम्लेट। कस्तो मिठो बास्न थियो, ल अब खान पाइने भयो भनेर मख्ख थिएँ। मोरी त पाकेको अम्लेट लाई प्लेटमा हालेर मलाई हेर्दा नि नहेरी लुइँ लुइँ आफ्नो कोठामा पो जाँदो रैछ। फेरी ढ्याआमssssss ढोका लायो।

अब त भएन भनेर केही त गर्नु पर्‍यो भनेर सोचे, रिस त मरेको थिएन, त्यस्माथि भोक लागेको। जुरुक्क उठे अनी गएँ फास्ट फुड रेस्तुरन्तमा, टु गो को लागि चिपोट्ले लिएर आएँ, आएर फिलिम हेर्दै खाएँ अनी पोको चाँही देख्ने गरी ट्रास क्यान मा राख्दें। खाइवेरी महारानी फेरी बाहिर निस्की खाली प्लेट लिएर, प्लेट धोइ, अनी नजर चाँही पोको माथि परी हाल्यो। प्लेट राखेर कोठा तिर जाँदै गर्दा बाटोमा टक्क अडी अनी सि गेभ मि अ कोल्ड हार्ड लूक। मैले नि पुलुक्क हेरें। सवारि फेरी कोठा तिर भयो अनी फेरी ढ्याआमsssssss।

फिलिम पनि सक्यो अनी म कम्प्युटर चलाऊदै थिएँ, यस्तै पाँच बजेको थियो, मैसाब मेरो सामु आएर टक्क उभीइ, हातमा टकिया थियो। मैले केही सोच्न नपाईकन नै मलाई त्यै टकियाले हान्न थाली। सके सम्म त छेके, हादै थियो लगातार, एउटा चाँही मुखैमा लाग्यो, मेरो पाली पनि उस्को हात बाट टकिया खोसेर हान्दे मैले नि, मैने एक मारा वो भि सोलिड मारा भने जस्तै मुखै मा लाग्यो। अली जोडले नै लागेको जस्तो छ टुचुकै बस्यो। मुख चाँही रातो भैसकेको थियो अनी केही उपाय नदेखेपछी
उसले आफ्नो अचुक अष्त्र प्रहार गरी, अष्त्र मात्र हो र ब्रम्हाष्त्र नै हान्यो नि मलाई,  दुइटै आँखा बाट गंगा जमुना बहन थाल्यो उसको।

एकछिन सम्म त वास्ता गरिन, तर कतिन्जेल बच्न सकिन्छ र, आखिर ब्रम्हाष्त्र न पर्‍यो, फकाउनै पर्‍यो भनेर फकाउँन शुरु गरें। तिमी मलाई माया गर्दैनौ रे, उसलाई इउज गर्‍यो रे, केटाहरु त्यस्तै हो हुन्छ रे, केटी नफसेसम्म जे पनि किनी दिने रे अनी फसें पछी बिल माग्ने रे - ल अब भयो त। होइन बा होइन मैले त्यस्तो गर्न खोजेको होइन, यू नो, आइ डोन्'ट मिन ड्याट, अफ्कोर्स आइ लभ यू भन्दै फकाउन थालें। बल्ल बल्ल मानि मोरी। अनी भन्न थाली अघिनै किन नभनेको रे एस्तो, अघि नै
फकाउनु पर्छ रे मेरो दिनभरी टाईम वेष्ट भयो रे - ल भयो त जो चोर उसकै ठुलो स्वोर भनेको एही हो।

अनी राती के गर्ने प्लान बनाउन थाल्यो। जस्तो प्लान बनाएपनी पर्ने त आफ्नै खल्टी न हो। राती खाना नपकाउने रे ग्रोसरी जानु पर्छ, भोली जाउँला आज बाहिरै खाउँ है भने। मैले पनि मुसुक्क हाँस्दे अब के नै गर्न सकिन्छ र। सबै कुरा ठीक भैसकेको थियो मोरिले सामान खोइ, हनी भनेर सोधी। अब फर्साद परेन, फिर्ता गरिसकेको समान कहाँ छ भन्ने। के भन्ने भन्ने साँचो कुरा नै भन्दे। अचम्म उ रिसाइन अनी भनी ठिकै छ नि पहिला मल जाउँ सामान फेरी किनौं अनी खान जाउँला। मैले टाउको
हल्लाएँ। उठेर कोठा तिर जाँदै थियो के सोचेछ कुन्नी टक्क अडेर राती मुभि पनि जाउँ है, नयाँ फिलिम आको छ रे भन्यो, हुन्छ भन्नै पर्‍यो, हदैन भन्ने त कुरै भएन,  अनी कती खर्च हुन्छ भनेर हिसाब गर्दै बसें।

मल पुगियो, सामान किन्न थालियो, सबै अघी नै किनेको थियो। सर्प्राइजsssssssssss, यस पटक अघीको भन्दा दुई तिनवटा सामान बढी नै थियो। How did I not see that coming। अघी तिरेको भन्दा बढी नै तिर्नु पर्‍यो, एउटा बिल के मागेको थिएँ आपत नै आइलाग्यो। क्य्रासिएर ले Sir, Do yo want bill with you or in the bag भनेर सोधी। महारानी ले पनि म तिर हेरेर Do you want bill honey? भनेर सोधी। एसपल्ट चाँही मैले नै भन्दे in the bag।

 

Last edited: 12-Sep-08 04:07 PM

 
Posted on 09-09-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती छिटो समाप्त आएको लहरे? अनी त्यस पछी के भयो ? खल्ती को कार्ड कती को चल्ती भयो? महारानी बडा महारानी भईन कि भईनन? यस्तो अन्यौलमा छोडेर समाप्त भन्न पाइन्न?

 
Posted on 09-09-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul dai,

kata ho bhanya aajkal budha manche? kati dekna mun lai rathyo aja tuplukkai bhet bho. Lahare print garera rakheko cha bhare sajha bus ma padhnu parla.

 
Posted on 09-09-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल लहरेको कथा आइसकेछ यता ! म त आफ्नै सुरमा !

हरिप लेख्ने रैछन्त बौचा पनि ! सरल भाषामा लेखिएको उत्कृष्ट कथा ! बधाई छ लहरे !

बरु अब त्यो समाप्त मा टिपेक्स ला'र अर्को भाग नि थप्नु पर्छ बिस्तारै ! ति मैया पछी बडामाहारानी भईन कि  भईनन?


 
Posted on 09-09-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब छ लहरे को रोमान्टिक कमेडी।
समाप्त नगरेर आफ्नो नाम जस्तै सिरियल बनाको भे हुन्थ्यो नि बरु हाइ मेनटिनेन्स लहरी को उर्लिदो सपिङ स्प्री,लहरे को क्रेडिट कार्ड ओवर लिमिट,हप्ताइ पिछेको सिकागो भ्रमण आदी ईत्यादी राखेर।
 
Posted on 09-09-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेले हसाँउनु हसाँयो आज।

आजकाल पनि केटीहरु त्यस्तो हुन्छ र भन्या? कि गफ देको साथी??

जे भये पनि रमाइलो लाग्यो पढेर।

धन्यबाद, भाग- २ को प्रतिक्षामा।


 
Posted on 09-09-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा बुद्धिमानीको काम गर्यौ साथी यहाँ टाँसेर।
यस्तो रमाइलो कथा लेख्ने रहेछ साथी, त्यस्सै आउँदैन आउँदैन भनेर बस्ने के
अनी साँच्चिकै हो र भनेको तिम्रो लहरी त्यस्तो? कस्तो पत्याउनै गार्हो हुने
जे भए पनि लहरे, रमाइलो लाग्यो तिम्रो लेखाइ। अब अरु पनि लेख त बौचा

woi crazzzzzzzzz ke ho testo fu mantar ki jaadu ho ki kya ho huh? ke hudaichha maicha lushu lushu  aba prez khoi nabhana hai, malai pani thaha chhaina


 
Posted on 09-09-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लहरेले ले आफ्नो जिबन कथा लेख्यो।  i am sorry for serial hahaha । थ्याँक्स गड मेरो गर्ल्फ्रेन्ड त्यस्तो परेन।अरु पनि लेखदै गरौम माहारानी को बारेमा ल।।।

 
Posted on 09-09-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल ल बाउचा गजब छ। शिकागोको त सुनियो, अब मिलवाकीतिरको पनि सुनाउ न। 

 
Posted on 09-09-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो लहरेले कथा त दामी लेखेछ त तर के गर्नु? एक दिन शपिङ लगेर क्यान्डल लाइट मा डिनर गरेर फर्किदा प्रेसर बढे पछी तिमी जिन्दगी भरी 'कुमार' बस्ने बिचार  गरेउ कि क्या हो?

हामी भए त चन्द्रमा मा घुमाउन लगेर, भने जती सामान किन्नको लागि उसैको नाममा कार्ड लीदिएर, दिन  दिनै फाइभ स्टार मा डिनर गराउथेउ, क्यार्नु मान्छे नचिनेपछी 


 
Posted on 09-09-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त पर्बते बौचा मान्छे 'हनि र मनि' दुवै लाई ब्यालेन्स गर्न नसक्नी !

एक दिनको शपिङ ले नै तर्सिनेले के लोप गरेर खान्थ्यो कठै !


 
Posted on 09-09-08 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहे पर्बते अनी रिट्ठे,
बिचरा लहरेको मुटु छोयला कचिला भाकोबेला अझ तोरिको तेलमा जिरे खुर्सानी फुराउने?

होइन लहरे, मनी नाश गर्ने हनी संग हानी जानी फस्नु हुन्न, हानी हुन्छ।


सोझी लहरी खोज्नु रोज्नु पर्छ क्या, लक्का पक्का जवान लहरे किन डराउने? ख्याउटे पर्बते जस्तो भए पो मणी देखाएर हनी तान्ने?


 
Posted on 09-09-08 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Serial,
real life experience adds spices.
एक महिने आनिवोर्सरी

kukur ko puchhar jastai jaha gaye pani Nepali kta-kti haru jasta ko tastai.

Thanks for sharing and "Warning"

N.M.

 
Posted on 09-09-08 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ भन्नै बिर्सेंको, मलाई उ हनी भनेर बोलाउँछ, यानी म चाँही उस्को हनी, अब हुन पनि हो नि, माहुरी  जस्तै मरिमरी कामगर्ने म, मह काट्ने चाँही उ भएपछी, म भएन त उस्को हनी।
hahahahahhahahahaha
mare ma

 
Posted on 09-09-08 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरिनिले लहरेलाई फन फनी घुमाउने रैछ , अब कहिले जाने शिकागो फेरी । 
 
Posted on 09-09-08 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या बात लहरे !!!
यो बज्जे ले गजब को लेखे छ ।
लौ अर्को स्रिन्खला को प्रतिक्ष्या मा ।

 
Posted on 09-09-08 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Office ma basera lekhako ho ki ke ho lahare. Feri honey lai khusi parna aauni money ko mukan pani sukla hai. Anyway very impressive.Continue garna paryo, "hamro bhauju huni bhaiyen" ki "huna nashakeko bhauju bhayen" clear garnu paryo.
 
Posted on 09-10-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ जि 
के हुनु नि ठुल्दाइ, जे नसोचेको त्यही भयो, अन्यौलमा छोडेको होइन, बिस्तारै लेख्दै गरौला.

नारने जि
ल ठिकै छ, साझा बसमै पढ - पश्चिम तिर जान लागेको भनेर पढेको थिएँ

रिट्ठे जि
धन्यवाद रिट्ठे जि, टिपेक्स छैन त्यहिभर किन जानु पर्छ, अली टाईम लाग्छ मात्र, लेख्न त लेख्ने

बिस्टे जि
सेरिअल त बनाउनु हुन्थ्यो, अरु पनि कुरा छ, लेखुलाँ नि मुद चल्यो भने

क्रजी लभ जि
मलाई पनि हुँदैन जस्तो लाग्थ्यो, तर आँफैलाई परेपछी पो थाहा भन्यो हुने रैछ भनेर,

दिपिका जि
बुद्धिमानी त हुनै नै भयो नि आखिर साथी कस्को, साथीलाई यहाँ कस्तो परेर कस्तो छ, उता भने पत्याउनै गाह्रो
भयो रे, उपाय निक्लाल्नु पर्‍यो साथीलाई बचाउन

रबी जि
तपाईंको गिर्ल्फ्रेन्ड त्यतो परेन रे, टाउकोमा त लेखेर ल्याएको नै रैछ नि, आफ्नो त्यस्तो टाउको परेन - के गर्नु

चिप्ले जि
एउटा लाई त सम्भाल्न गार्ह्रो छ, दुईटी भयो भने त तिरिमीरी झ्याँइ हुन्छ

पर्वते जि
पहिले पहिले म पनि यस्तै सोच्थे, परे पछी मात्रा थाहा हुने रैछ,

रिट्ठे जि
हनी र मणी ब्यालेन्स गर्न नसकेको होइन, हनी धेरै नै भारी भयो के

ठुल्दाइ जि
ठुल्दाइ चाँही खासाको कुरा गर्ने हो के, त्यसै ठुल्दाइ भैइन्छ होइन र ठुल्दाइ

नेपाली मान्छे जि
त्यही त भन्या - नेपाली जहाँ गए नि नेपाली - मन त मेरो नेपाली हो :)

चेली जि
धन्यवाद, मर्न चाँही हुन्न है

हर्क बहादुर जि
घुमाउन त घुमाको घुमाइ त, मान्छे को जीवन घुम्नै पर्ने रैछ

भिमे जि
धन्यवाद, स्रिन्खला त लेखौला, म यतै छु क्यारे, जहिले लेखे नि भैहाल्यो नि

बि एग्रेशिव जि
मुहान हुँदाँ त एस्तो हाल छ, भएन भने त यो लहरे गयो तेल लेने भने जस्तै हुन्छ।

सबै पढिदिने पाठक हरुमा फेरी पनि धन्यवाद। पहिलो प्रयास हो गल्ती धेरै भएको होला, त्यस्को लागि क्षमा माग्न चाहन्छु। अरु लेख्दै गरौलाँ - :) 

 


 
Posted on 09-10-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो इन्ट्रेस्टिङ कहानि रैछ बाउचाको। अघि नै लेख्न पर्ने थ्यो। बित्यास पार्ने भो जस्तो छ बाउचालाइ। मान्छे सोझो भन्ठानेको यस्तो पो रैछ।

ल ल बाउचा गज्जब छ। अरु पनि लेखम। लहरेनीको अरु के के डिमान्ड छ? कति छिन बिराएर फुन हानिन्छ? कति हप्ता पछि भेटघाट हुँदैछ? सबै स-बिस्तार लेख्न पर्यो, कहाँ त्यो बिचैमा समाप्त।
 
Posted on 09-10-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बाउचा, मलाई छुपारुस्तम भन्थ्यो आफू चौखन्ड रहेछ। अझ मैले बाहिर लेख न भन्दा अनकनाए जस्तो गर्छ।  खोइ खोइ सुनाउ न अरु पनि।  

 



PAGE:   1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters