[Show all top banners]

Nepe
Replies to this thread:

More by Nepe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Join DC Rally. May 15. Part 2

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE: <<  1 2  
[VIEWED 20600 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 05-18-05 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Starting part 2 of the thread "JOIN DC RALLY..MAY 15..NEPE "

( - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21328 )


-यालीबाट फर्कदा एकजना तन्नेरी युवकले कुराकानीको सिलसिलामा सोधे- किन केही शिक्षित युवकहरु नेपालको राजतन्त्रलाई समर्थन गर्न पुगेका ? मैले भनें ? तिनीहरुको मनभित्र पसेर हेर्नु, वास्तवमा त्यो राजतन्त्रप्रतिको सकारात्मक समर्थन नभएर अक्षम र भ्रष्ट नेताहरु प्रतिको नकारात्मक विद्रोह हो, त्यसैले मौलिक रुपमै खराब कुरो होईन त्यो ।

त्यस कुराकानीको भोलिपल्ट मैले अर्कै सिलसिलामा साझामा पोष्ट गरेको निम्न शब्दहरु त्यही कुराकानीको विस्तार भने हुन्छ ।

" डेढ दशक सम्म आफ्नो अक्षमता, दिशाविहिनता र भ्रष्टतालाई प्रदर्शन गरेका नेतामाथिको प्रहारलाई राजाको समर्थन वा प्रजातन्त्रको विरोध ठान्नु दैत्याकार अज्ञानता र मूर्खता बाहेक के होला ?

हो कतिपय मान्छेहरु अहिले राजालाई तह लगाउने कामलाई नम्बर एकको प्राथमिकता र अन्य कामलाई दोश्रा-तेश्रा चरण/ प्राथमिकता को काम ठान्दछन् । मेरो यसमा विशाल असहमति छ । मेरो विचारमा, माओवादी, राजा र भ्रष्ट राजनैतिक पिंढी- नेपाली प्रजातन्त्रका तीन महान शत्रुहरु- शक्ति र पुष्टिकरणको हिसाबले अन्नोन्याश्रित छन् , त्यसैले यीनलाई चरण चरण गरेर खतम पार्ने योजना अज्ञानताले भरिएको मात्रै हैन, नैतिक रुपले कमजोर र रणनैतिक र व्यावहारिक रुपमा विफलतामुखी छ । प्रजातन्त्रका यी तीन महान शत्रुहरुमध्ये कुनै दूईलाई काखी च्यापेर वा भविष्यको जिम्मामा सुम्पेर तेश्रोलाई प्रहार गरी खतम गर्ने योजना कुनै तिक्ष्ण वुद्धिको "वुद्धिजीवी" लाई त राम्रै लाग्ला तर त्यस्तो काममा ज्यान फाल्न अवुद्धिजीवी साधारण जनता अघि सर्ने छैनन् । र यो पछिल्लो वर्गको समर्थन/सहभगिता बिना नै प्रजातन्त्र ल्याउने सपना कसैले नदेखे हुन्छ ।

प्रजातन्त्रका तीन महान शत्रुहरु- माओवादी, राजा र भ्रष्ट राजनैतिक पिंढी- को त्रिलिङ्गीय समागम र गर्भाधानबाट जन्मिने प्रजातन्त्रको कुरो चाही बेग्लै हो । तर त्यस्तो प्रजातन्त्रले विगत डेढ दशकलाई ईतिहासको रंगमंचमा पुन: दोह-याउने काम मात्र गर्नेछ ।

अब प्रजातन्त्र जन्माउने काम यसको प्राकृतिक जननी, जनता, लाई नै दिनुपर्छ । किनभने अन्यथा सब भ्रम हो । सब नक्कली हो । र यसैले मूर्खता हो ।"

 
Posted on 05-20-05 4:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe, why you so full of shit dude????
 
Posted on 05-20-05 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

When will KING Gyanendra learn, will it be before he will be sacked from the post of His Majesty, The King of Nepal. I think all Royal Highness should be extinct from the face of this earth for the world to be a better place.
 
Posted on 05-20-05 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रजातन्त्रको समर्थनमा गरिएको डी. सी. ?यालीको सफलताको प्रमाण प्रकाशित तस्वीरहरु नै पर्याप्त छन्। र जुन नकरात्मक समाचारहरु प्रचारमा आएका छन, ति केवल कमजोर मनस्थितिका द्योतक हुन। यस्ता क्रियाकलापको समर्थन सही सोच हुने कसैले गर्न सक्दैन। यस्तै खालका मनगढन्ते हल्ला र स्तरहीन लेख राजाको समर्थनमा निस्केको जुलुसका विरुद्ध पनि गरिएका थिए। फरक मतको कदर गर्न नसक्ने र आफ्नो कुरा माथि पार्न अर्कालाई हरतरहले नीच साबित गर्न खोज्ने परिपाटि अत्यन्तै निन्दनीय छन्।

हामी सधै अर्काको चरित्र दोष देखाउन तल्लीन हुन्छौ तर आफुलाई कहिल्यै सुधार्दैनौ। हामी जस्ता ब्यक्तिहरुको बाहुल्यता हाम्रो समाज र देशमा छ। र हामीले चुनेका नेतामा पनि त्यही चरित्र छ। अनि हाम्रा नेताहरुको असक्षमताको विरोध पनि हामी नै गर्छौ। कुनै पनि कुराको समर्थन या विरोध स्तरीय भाषाबाट गर्न सकिदैन भने हामी कसैले आफुलाई बढी योग्य ठानेर विवाद गर्नु बेकार छ।

हामी सांच्चै नेपालप्रति चासो राख्छौ भने नेपालको यथार्थलाई नियालेर हेरौ। नेपालको साक्षरता प्रतिशत ४० छ। ६० प्रतिशत नेपाली नागरिकले लेख्ने र पढ्ने अवसर पाएका छैनन्। त्यो ४० प्रतिशत साक्षर मध्ये कति त स्कूलको शिक्षामै सीमित छन भने कलेजको शिक्षा लिने समूह त सानो नै छ। त्यो सानो समूहबाट अति सानो हिस्सा विदेशमा छिरेको छ। सही प्रजातन्त्र र आधुनिक भौतिक सुविधाको उपभोग गर्न पाएका हामीले आफुलाई भाग्यमानी ठान्नु पर्छ। यो शुखलाई आफुमा सीमित नराखि देशको लागि र जनताको लागि कस्तो टेवा पुर्याउन सकिन्छ भन्ने विवाद हामीले गर्नु पर्ने हो। हामीले आफुलाई फर्किएर हेरौ ? हामीले के लेखिरहेका छौ, के बोलिरहेका छौ? हामीले परिवर्तन गर्न सक्ने भनेको केवल आफुलाई हो। पहिले आफुलाई परिवर्तन गरौ त्यसपछि आफ से आफ समाज, देश, हाम्रा नेता परिवर्तन हुन्छन् र देशले सही दिशा पाउंछ।

चरित्रकै कुरा गर्दा मेरो मनमा खुड्कीएको एउटा कुरा पनि गरिहालौ। माओवादीका अध्यक्ष प्रचण्ड (पुष्प कमल दाहाल) ले प्रकाशित गरेका विग्यप्तिहरुमा राजालाई ज्ञानेन्द्र शाह लेख्नुको सट्टा ज्ञानेन्द्र शाही लेख्छन्। जातपातको कुरा हट्नु पर्छ भनेर सर्वहारा वर्गको नेतृत्व गर्ने ब्यक्तिले अर्काको जातलाई उपहास गर्नु पर्ने किन? त्यसमाथि पनि आफु बाहुन भएको नाताले उनी जातपातको मुद्दामा अलिक सम्वेदनशील हुनु पर्ने हो भन्ने मेरो सुझाव।
 
Posted on 05-21-05 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोधारेज्यू, तपाई शाही कदमको समर्थक भएर पनि शाही कदम विरोधी -यालीको सफलताको पुष्टी जुन शालिनताकासाथ गर्नुभयो त्यसको लागि साधुवाद ।

प्रतिद्वन्दीहरुबीच गालीगलौज हुनु अवाञ्छनिय हो तापनि आश्चर्यजनक भने होईन । That's the way real world is. र यस्तो गालीगलौज बिचमै यो संसार अघि बढिरहन्छ ।

अरु कुरा त्यस्तै हुन्, तपाईलाई एउटा कुरा सोधिहालौं । शाही शासनको तीन महिना नाघिसक्यो, धेरै कुराहरु देखिए, के समिक्षा छ तपाईको ? शाही शासन प्रति तपाईको आस्था, समर्थनमा कुनै परिवर्तन आएको छ कि त्यो जस्ताको तस्तै छ ?
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters