[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 ‘जनयुद्ध’ को केक
[VIEWED 4867 TIMES]
SAVE! for ease of future access.
Posted on 02-16-18 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‘जनयुद्धका प्रथम शहीद’ दिलबहादुर रम्तेलले कहिल्यै चिताएका नहोलान्, कुनै दिन ‘जनयुद्ध दिवस’ को सम्झना ‘जनयुद्धका कमाण्डर’ले केक काटेर गर्नेछन् भनेर ।
गएको मङ्गलबार फागुन १ गते तात्कालीन माओवादी सशस्त्र विद्रोहमा होमिएका माओवादीहरुले विभिन्न तरिकाबाट ‘जनयुद्ध’ दिवसको स्मरण गरे । तिनमा पनि सबभन्दा रोचक कार्यक्रम भने पेरिसडाँडामा भएको थियो । त्यहाँ माओवादी विद्रोहका कमाण्डर प्रचण्ड(पुष्पकमल दाहाल)ले केक काटेर दशवर्षे युद्धको सम्झना गरेका थिए । धेरै कविहरुका लागि प्रचण्डले काटेको त्यो केक आफैमा समयका विभिन्न पहलुको प्रतीक हुनसक्दछ । तर राजधानीको कुनै साँघुरो गल्लीभित्रको चिसो कोठामा बल्ल बल्ल पसेको एक टुक्रा घाममा दैनिक अखबारमा छापिएको ‘वाम एकता’(अर्थात माओवादी आन्दोलनको एमालेकरण) को समाचार निकै गम्भीरतापूर्वक पढिरहेको माओवादी कार्यकर्ता, खाडी देशको कुनै डिपार्टमेन्टल स्टोर(भाग्यले जुरे) मा बसेर मोबाइलमा अनलाइन पोर्टलमा फागुन १ खोजिरहेको पूर्वमाओवादी लडाकू र भित्तामा टाँगिएको बेपत्ता पतिको तस्वीरमा बिहान पानी चढाउने एकल महिला धेरैका लागि प्रचण्डले फागुन १ गते काटेको केक गौरव कम, पीडा बढीको विषय बन्न सक्ला ।
माओवादी विद्रोहका ‘ब्रेन’ मानिएका बाबुराम भट्टराईले ‘…जनयुद्ध एउटा महायज्ञ थियो । त्यसक्रममा राम्रो मनसाय हुँदाहुँदै पनि कतिपय गल्ती–कमजोरी भएका हुन सक्छन् । तिनलाई… क्षमा गरिदिन सबैसँग आग्रह गर्छु ।’(कान्तिपुर दैनिक, फागुन २) लेखेको पढ्दा धेरैका लागि फागुन १ निराशा र आक्रोशको विषय समेत बनेको हुनसक्छ ।


भट्टराईले प्रस्तुत लेखमा आफ्नो राजनीतिक लाइन सही भएको दाबी गर्दै धेरै शब्द त खर्चिए तर माओवादी विद्रोहको जन्म, विकास र पतनमा भारतीय प्रतिक्रियावादी सत्ताको भूमिकाबारे मौन रहनु यसप्रति पूर्ण न्याय हुन सक्दैन । ‘ट्रान्जिसन इन नेपाल’ नामको पुस्तकमा भारतीय प्राध्यापक एसडी मुनीको ‘माओवादी विद्रोहको अवतरणमा भारतको भूमिका’ सम्बन्धि दाबीको ‘जनयुद्ध’ का कमाण्डरहरुको आत्मास्वीकारोक्ति के आवश्यक छैन ? भट्टराईका सिद्धान्त र व्याख्यान सुनेर यज्ञको आगोमा होमिएका नेपाली छोरा–छोरीको बलिदान कसैको ‘क्षमायाचना’ सुन्नको निम्ति पक्कै थिएन, त्यो पनि माओवादी सिद्धान्तको खरानी पखालेर ‘नयाँ शक्ति’को नयाँ खरानी घसेर बसेका भट्टराईबाट ।
झण्डै माओवादी विद्रोहको आरम्भसँगै नेपालमा बढ्दो विदेशी शक्ति केन्द्रहरुको चलखेल र उनीहरुले एक पछि अर्को गर्दै पाएको सफलताले माओवादी विद्रोहको निहितार्थबारे प्रश्न गर्नुपर्ने अवस्थामा पु¥याएको छ । समयक्रममा माओवादी विद्रोह आफ्नै खुट्टामा नभई भारतीय र युरोपेली खुट्टामा उभिएको राजनीतिक सङ्घर्ष भएको कुरा पुष्टि गर्ने धेरै आधार बनिसकेका छन् । यसो भन्दै गर्दा माओवादी विद्रोहमा ज्यान फालेर होमिएका धेरै बलिदानी योद्धाहरुले चित्त नबुझाउन सक्छन् । तर कार्यकर्ता तहको बलिदानी भावनालाई नेताहरुले बिर्सजनवादको अग्नीहोत्रमा होमिए पछि समयले यही कुरालाई सत्य बनाइदिएको छ ।
माओवादी विद्रोह शुरु हुनु अघि तात्कालीन परिस्थितिमा नेपालमा सशस्त्र विद्रोह गर्ने अनुकूल मौका थियो वा थिएन भन्ने विषयमा नेपाली राजनीतिक वृत्तमा गम्भीर बहस भएका थिए । तात्कालीन परिस्थितिमा सशस्त्र क्रान्तिले कम्युनिष्ट आन्दोलनमा अझ क्षति पुग्ने र वामपन्थी अवसरवाद सधैं दक्षिणपन्थी अवसरवादमा पतन हुने कुरा त्यस्ता बहसहरुमा चर्को रुपमा उठेका थिए ।(हेर्नोस्,समाजवाद र सान्दर्भिक विषयबस्तु–का.रोहित) आजको समयमा टेकेर हेर्दा ती विश्लेषण सही प्रमाणित बन्दै गएको देखापर्दछ । एमालेलाई कम्युनिष्ट आन्दोलनको दक्षिणपन्थी धार मानेर विद्रोहमा होमिएको राजनीतिक पार्टीको प्रमुख हाँगा आज एमालेसँग सती जाने तरखरमा छ । वामपन्थी अवसरवाद दक्षिणपन्थी अवसरवादमा पतन भएको योभन्दा राम्रो उदाहरण अरु के हुन सक्छ ? तसर्थ आज ‘जनयुद्ध दिवस’ मनाउँदै गर्दा बलिदानलाई सही ठह¥याउन उपलब्धिको मात्र चर्चा गरिनु इतिहासको सही विश्लेषण नहोला । जुन जग र परिस्थितिमा माओवादी विद्रोहको शुरुवात भएको थियो, त्यो प्रस्थानबिन्दुबाट नै प्रश्न गर्न जरुरी छ ।
के त्यसो भए यथास्थितिमा चुप लागेर बस्नु ठिक थियो ? छलफलमा यस्तो प्रश्न आउनु स्वाभाविक हो । निश्चय नै मौनता मृत्यु हो । राजनीतिमा गतिहीनता वा निस्क्रियता मृत्यु नै हुने गर्दछ । तर गतिशीलताको नाममा ज्वारभाटा उठाएर भएका सबै संरचना ध्वस्त बनाउनु क्रान्ति हो वा नदीको वेगलाई बाँध बाँधेर पानीमाथिको नियन्त्रण क्रान्ति हो ? क्रान्तिको नाममा भएको शक्तिलाई कम उपलब्धिमा खेर फाल्नु सही कार्यनीति हो वा उपयुक्त परिस्थितिको लागि शक्ति सञ्चय गर्नु बुद्धिमानी हो ?
माओवादी आन्दोलन जुन वैचारिक पृष्ठभूमिमा शुरुवात गरिएको थियो, त्यो गलत थियो । अनि उठान भइसकेपश्चात त्यसलाई पूँजीवादीको कहालीलाग्दो वैतर्णी नदीमा हुलेर बिर्सजन गर्नु अर्को गलत कार्य हो ।
पेरुमा साइनिङ पाथको विद्रोहबाट प्रभावित भनिएको तात्कालीन माओवादी आन्दोलनले त्यो विद्रोहको असफलताबाट भने सिक्न नसक्नु उद्देकलाग्दो छ । गोञ्जालेजको विद्रोहबाट जसरी उत्साहित भएर माओवादीहरु विद्रोहको बाटोमा अघि बढेका थिए, गोञ्जालेजको असफलतासँगै नकारात्मक पाठ सिक्दै विद्रोहलाई पूँजीवादी भासमा मिल्काएको देखिन्छ । त्यो बस्तुतः जनताप्रतिको धोखा थियो ।
फेरि पनि, यस्तो परिणाम कार्यकर्ता पंक्तिको इच्छा नहोला । तर नेताहरुको गलत सैद्धान्तिक बुझाई र लक्ष्य नै आजको परिस्थितिको निम्ति दोषी हुनसक्छ । माओवादी विद्रोह आज न्यूनतम रुपमा समाजको परिवर्तनकारी शक्तिसम्म पनि नबनिदिंदा धेरै माओवादी कार्यकर्ताहरुको निराशाको विषय बनेको देखिन्छ ।
माओवादी सशस्त्र विद्रोहको बिर्सजनपश्चात समाजमा एउटा परिवर्तनकारी र क्रान्तिकारी शक्तिको रुपमा आफूलाई कायम राख्न सक्ने सम्भावना पनि त्यसको संशोधनवादी रुपान्तरणसँगै अन्त्य भयो । शान्ति प्रक्रियामा हस्ताक्षरपश्चात माओवादीले आफूलाई जसरी ‘सबै जनताको पार्टी’ बनाउनेतिर लाग्यो, त्यसले ढिलो चाँडो नेकपा माओवादीलाई खु्रश्चेभको पार्टीजस्तो बन्नु नै थियो । जुन आयातनमा शत्रु वर्गका मानिसले माओवादी पार्टीभित्र प्रवेश गरे, त्यसले त्यहाँबाट असल सिक्काहरु विस्थापित हुन पुगे । अनि ओलीको पार्टीसँग आज उसको मिलन कुनै आश्चर्यको विषय कसरी बन्न सक्छ र ? कामदार जनताको पार्टीबाट सबै जनताको पार्टी बन्नु नै माओवादी शान्ति प्रक्रियामा आइसकेपछिको सबभन्दा प्रमुख गल्ती थियो । तर त्यत्तिबेलासम्म माओवादीहरुसँग त्यो बाहेक अर्को बाटोमा अघि बढ्ने विकल्प पनि थिएन किनभने माओवादी आन्दोलन त्यत्तिञ्जेल भारतीय प्रतिक्रियावादको खुट्टामा उभिसकेको थियो ।
इतिहास कतिबेला निर्मम घुम्ती भएर अघि बढ्ने गर्दछ । निसन्देह आफ्ना जीवन, आफ्ना प्रियजन, आफ्ना सपना र भविष्य गुमाएका माओवादीजनको निम्ति सशस्त्र विद्रोहको समय जति चुनौतीपूर्ण थियो, आज त्यो राजनीतिक शक्तिको दुर्दशा अझ बढी पीडाको विषय बन्न सक्ला । त्यसकारण प्रचण्डले पेरिसडाँडामा ‘जनयुद्धको केक’ मा छुरा चलाउँदै गर्दा उनीहरुले आफ्नो हृदयमा छुरा चलाएको पीडा अनुभव गरेको हुनुपर्दछ ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters